
७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई खेलाडी साबित्रा भण्डारी र अनिता बस्नेत हिरो इन्डियन वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन् ।
दुवै खेलाडी लगातार दोस्रो पटक खेल्न गएका हुन्, तर क्लब भने फरक छ ।
गत वर्ष साबित्रा र अनिताले सेथु एफसीबाट खेलेका थिए । जसमा सेथु च्याम्पियन बनेको थियो ।
यस पटक भने साबित्राले नयाँ क्लब गोकुलमबाट खेल्न लागेको बताइन् । अनिताले भने सेथुबाटै खेल्नेछिन् ।
गोकुलमले प्रस्ताव गरेको भएर यसपटक गोकुलम रोजेको हुँ साबित्राले भनिन् । लिगका लागि एक महिनाको कन्ट्रयाक्ट गरेर जान लागेको उनले बताइन् ।
साबित्राले गत वर्ष १५ गोल गरेकी थिइन् ।घरेलु फुटबलमा एपीएफबाट सँगै खेल्ने साबित्रा र अनिता पहिलो पटक फरक क्लबमा खेल्न लागेका हुन् ।
वुमन आई लिग जनवरी २४ बाट हुँदैछ । जसमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4