+
+

कंगना भन्छिन्–‘दीपिकाले माफी माग्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १४:५९

नायिका कंगना रनावतले अर्की नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । विशेषगरि, चलचित्र ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले एसिड आक्रमणमा परेका महिलाहरुको संवेदनशिलतामा खेलेको भन्दै कंगनाले माफी माग्न भनेकी हुन् ।

दीपिकाले मेकअप आर्टिस्टलाई टिकटक भिडियो च्यालेञ्जमा आफ्ना ३ लुक्स फेरि बनाउन भनिरहेकी छिन् । जसमा, उनले ‘छपाक’को लुक्स समेत उल्लेख गरेकी छिन् । यो भिडियो सार्वजनिक भएपछि दीपिकाले दर्दनाक घटनामाथि रमाइलो गरेको भन्दै आलोचना भैरहेको छ ।

कंगना भन्छिन्–‘मेरी बहिनी रंगोली पनि एसिड आक्रमणमा परेकी थिइन् । यो भिडियो सार्वजनिक भएपछि उनी मर्माहत बनिन् । कहिलेकाही मार्केटिङ टिम प्रमोशनका लागि चुक्छन् । मलाई लाग्छ, दीपिकासँग यस्तो भिडियो बनाउनुको कारण पक्कै होला ।’

उनले अगाडि भनेकी छिन्–‘मेरी बहिनी जस्तै यो भिडियोबाट दुखी बनेका सबैसँग दीपिकाले माफी माग्न आवश्यक छ । यो कुनै मेकअप लुक्स होइन । यो लुक्स प्राप्त गर्ने कोशिश कसैले पनि गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?