+
+

धोविखोला किनारमा शिशुको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १३:४३

९ माघ, काठमाडौं । चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको छ ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ’, बोगटीले अनलाइनखबरसँग भने, ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?