+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

तिलोत्तमामा विशिष्टीकृत कृषि हाटबजार

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १२:५३

१२ माघ, बुटवल । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तामामा विशिष्टीकृत कृषि हाटबजार सञ्चालनमा आएको छ ।

दैनिक कम्तीमा २० क्वीन्टल तरकारी बिक्री गर्ने गरी ५० लाख रुपैयाँ लगानीमा तिलोत्तमा-१४ रेहरामा सुुरु भएको हाटबजार रुपन्देहीकै पहिलो विशिष्टीकृत तरकारी बजार हो ।

तिलोत्तमा नगरपालिकाले वडानम्बर १४ लाई कृषि पकेट क्षेत्र बनाएको छ । यहाँ प्रदेश सरकारको ५० लाख अनुदानमा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मंगलपुर, रगरगन्ज, जितपुर र दुर्गानगर गाउँको १६ बिघा खेतमा तरकारी खेती हुँदै आएको छ । यस बाहेक तिलोत्तमाको वडा नंं १३, १४, १५ तथा छिमेकी गाउँपालिका सियारीका भैंसाखादर, सीतापुर, भर्तापुर, हर्नैया, मैनहिया,अमुवा गाउँमा उत्पादन हुने तरकारी यहांबाट बिक्री हुने छन् ।

गाउँमा कृषि हाटबजार नहुँदा यहाँका किसानले आफ्ना उत्पादन टाढा-टाढाका बजारमा पुर्‍याएर बेच्नुपर्ने बाध्यता थियो । तरकारीको पकेट क्षेत्रका उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार स्थापना गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

कृषि हाट बजारबाट तत्काल १५ हजार किसान लाभान्वित हुने नगर प्रमुख घिमिरेले बताए । नगरपालिकाको लगानीमा सरस्वती आधारभूत विद्यालयको १५ बिघा जग्गामा हाटबजारका लागि दशवटा सेड, स्टोर, कार्यालय, क्यान्टिन र शौचालय लगायतका पुर्वाधार बनेका छन् ।

एउटा सेडमा चार वटाका दरले ४० वटा पसल रहने बजारमा हप्ताको सातै दिन ताजा तरकारी थोक तथा फुटकर बिक्री वितरण गरिने छ । ‘वडा नंं.१४ बाट सुरु गरेर सिंगो नगरपालिकालाई नै अर्गानिक जोनका रुपमा विकास गर्ने लक्ष्य छ,’ नगरप्रमुख घिमिरले भने, ‘किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहित गर्न कृषि प्राविधिकहरु नियुक्त गरिसकेका छौं,अब प्रांगारिक मलमा अनुदान दिएर रासायनिक मल र विषादीमुक्त तरकारी उत्पादनलाई बढावा दिन्छौं ।’

हाटबजारमा कोल्ड स्टोर राख्न तथा गुणस्तरीय बिउ,मल समयमै उपलब्ध गराउन नगरपालिकाले विशेष अभियान चलाउने उनले बताए ।

तिलोत्तमाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले तिलोत्तमाको वडा नं.१४ तरकारी र कृषिका लागि प्राचीन कालदेखि प्रख्यात ठाउँ भएकाले कृषि हाट बजारले स्थानीय थारु समुदाय व्यवसायिक तरकारी खेतीमा आकर्षित हुने बताइन् ।

वडाध्यक्ष सोहन थारुले वडालाई अर्गानिक तरकारी जोनका रुपमा विकास गरी यहाँको उत्पादन अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी, भैरहवा र बुटवलसम्म पुर्‍याउने र हाटबजारमा जिउँदो माछा पनि बिक्री गर्ने तयारी भइरहेको बताए ।

तरकारीमा सिँचाइका लागि वडाभित्र ९० वटा बोरिङ गाडिएको र प्रतियुनिट चार रुपैयाँ दरमा विद्युत उपलब्ध गराइएको थारुले बताए ।

बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पन्थीले यसलाई देशमै नमूना बनाउन कृषि हाटबजारमा हरेक वर्ष माघ दोस्रो हप्ता अर्गानिक तरकारी महोत्सव गर्ने योजना बनाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?