
Photo Credit : मिलन श्रेष्ठको फेसबुकबाट
१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।
कालीकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई मंगलबार बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।
उनका अनुसार सिंह सवार रहेको भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।
मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4