+
+

इनरुवामा बस र माइक्रोबस ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते ८:५२

१९ माघ, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रदेश नम्बर १ का ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।

एकजना महिला, दुईजना पुरुषको मृत्यु भएको तर उनीहरुको परिचय नखुलेको एसपी दाहालले जानकारी दिए । मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन् ।

घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?