Comments Add Comment

वीरगञ्ज स्टार्सले जित्यो बीपीएलको उपाधि

२० माघ, काठमाडौं । वीरगञ्ज स्टार्सले वीरगञ्ज प्रिमियर लिग ( वीपीएल )को उपाधि जितेको छ ।

वीरगञ्जमा पहिलो पटक भएको प्रतियोगिताको फाइनलमा मेहबुब आलम मार्की खेलाडी रहेको सिंह ११ लायन्सलाई ४ विकेटले पराजित गर्दै हासिम अन्सारी मार्की खेलाडी रहेको वीरगञ्ज स्टार्स च्याम्पियन बनेको हो ।

खेलमा लायन्सले दिएको १ सय ४१ रनको लक्ष्य वीरगञ्ज स्टार्सले १८.५ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गरेको थियो ।

स्टार्सका लागि विवेक कुमार यादवले अर्धशतक प्रहार गरे । खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका उनले टिमलाई च्याम्पियन बनाउनका लागि अविजित ७१ रन बनाए । ३७ बलको खेलेका उनले ५ चौका र ६ छक्कासहित ७१ रन बनाए।

यस्तै मन्जयकुमार महतोले १७ रन, अलियास मन्सुरी १५ रन र कप्तान हसिम अन्सारीले ११ रनको योगदान गरेका थिए ।

त्यसअघि नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंह ११ लायन्सले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

लायन्सका लागि हिमान्सु दत्तले सर्वाधिक ५४ रन बनाएका थिए । अविजित रहेका उनले ३५ बल खेल्दै ५ चौका र ३ छ्क्का प्रहार गरे । अभिनास अधिकारीले ४५ रन बनाए ।

स्थानिय युनाइटेड क्रिकेट क्लबको आयोजनामा भएको यस प्रतियोगिताको विजेता वीरगन्ज स्टार्सले २ लाख ५० हजार र उपविजेता सिंह ११ लायन्सले १ लाख ८० हजार प्राप्त गर्‍यो ।

यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी वीरगंज स्टार्सका विवेक कुमार यादव घोषित भए । उनले २० हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट बलर डिसिसी वीरगंजका सैफुल्ला अन्सारी र उत्कृष्ट ब्याट्सम्यान रौतहट राईनोजका गौरभ खड्का घोषित भए । उनीहरुले १०/१० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment