Comments Add Comment

केपी ओलीको मन्त्र सुनेकाहरु एकताबाट भागिरहेका छन् : उपेन्द्र यादव

२१ माघ, सप्तरी । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकीकरणको विकल्प नभएको बताएका छन् । ढिलो भए पनि राजपासँग एकीकरण भएरै छाड्ने उनले बताए ।

मंगलबार सप्तरी सदरमुकाम राजविराजमा पार्टीले आयोजना गरेको बिसु अभियानको उद्घाटन गर्दै अध्यक्ष यादवले राजपाको शर्तअनुसार आफूहरु सरकार छाडे पनि अहिले उनीहरु झन् टाढिएको बताए ।

यादवले राजपाका केही नेता वर्तमान सरकारमा सहभागी हुने लोभमा एकताबाट टाढा भागिरहेको आरोप लगाए । ‘केही नेता टाढा भागिरहेका छन्, केहीसँग कुरा भइरहेको छ, केपी ओलीको मन्त्र सुनेकाहरु टाढा भागिरहेका छन् । तैपनि हामी एकताका लागि प्रयत्नशील छौं ।’

कांग्रेसले गर्न नसकेको काण्ड कम्युनिष्टले गर्दैछ

अध्यक्ष यादवले कम्युनिस्ट भन्ने पार्टीको सिद्वान्त, व्यवहार र चरित्र कम्युनिष्टसँग मेल नखाइरहेको बताए । व्यबहार, सिद्वान्त र चरित्रले उनीहरु कम्युनिष्टभन्दा कमाउनिष्ट देखिएको उनले बताए ।

कांग्रेसले गर्न नसकेका काण्डहरु अहिलेको कम्युनिष्ट सरकारले गर्न भ्याएको बताउँदै उनले बालुवाटार जग्गा, वाइडबडी, नेपाल ट्रस्टसहितका काण्ड गरेर यो सरकारले कांग्रेसलाई उछिनेको बताए ।

यादवले संविधान संशोधन गराउनकै लागि सरकारमा गएको र गर्न तयार नभएपछि आफूहरु बाहिर आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment