+
+

राष्ट्रियसभामा सांसदको कविता : समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १४:०७

समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए । उनले  भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै बैठकमै कविता वाचन गरे ।

यस्तो छ उनको कविता 

‘नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि

तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,

सैशवकालमै समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।

समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो

संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,

समावेशीताको पारा झरिसक्यो

आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी

के अपराध भो जन्मनु भई जनजाति र मधेशी

गास, बास,कपास माग्दा कुरा मात्रै चिल्ला

जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?

हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ

सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?

यहाँसम्म कि सरकार,

यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठीक छौं ?

सरकार,

न्याय र समानताको नारा लगाउछौ बेस्सरी

समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?

ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,

जनता किन भोकै छ, गर्‍यौ कहिल्यै खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,

के पाए युवाले शिवाय तिरस्कार र अपमान

तिमीलाई छुट कसरी ? गर्न वाइड वडी र एनसेल काण्ड

पुर्खाको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड ?

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिइसक्यो

के गर्‍यौ सरकार, कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?