+
+

मेयरमाथि हातपात भएको बिरोधमा सप्तरीका सबै स्थानीय तह बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते ११:३०

२३ माघ, सप्तरी । सप्तरीका एक जना मेयरमाथि हातपात भएको बिरोधमा आज (बिहीबार)जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साह उपर हातपात भएको बिरोधमा जिल्ला १८ वटै स्थानीयले सेवा बन्द गरेका हुन् ।

डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मंगलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

मेयर साहले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि हमला गरेको बताएका छन् ।

मेयरमाथि भएको हमलाको बिरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो ।

मेयरमाथि हमला गर्ने व्यक्तिहरुलाई बिहीबार कारबाही प्रकृया अगाडि नबढाइए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समिति प्रमुख यादवले बताए ।

सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?