
२३ माघ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सव बिहीबारसम्म ६ करोड ७० लाख रकम संकलन भएको छ ।
गत माघ १९ गतेबाट सुरु भएको महायज्ञमा दिनप्रतिदिन दान गर्ने दाताहरुको सङख्या बढ्दै गएको संयोजक विजय सुवेदीले जानकारी दिए ।
महायज्ञमा आज बिहीबार मात्रै करिब पाँच करोड आर्थिक संकलन भएको छ । महायज्ञ मार्फत रंगशाला निर्माणका लागि जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।
यस्तै, चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्ऽ बिष्टले १ करोड सहयोगको घोषणा गरे ।
उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिए । बाँकी रकम छिट्टै पुर्याउने प्रतिबद्धता जनाएका छन् । चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ । माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पाँच लाख सहयोग गरेकी छन् । महायज्ञमा दिनहुँ हजारौंको सहभागिता रहँदै आएको छ ।
दैनिकजसो विभिन्न राष्ट्रिय कलाकारहरुले विभिन्न प्रस्तुति गर्दै आएका छन् । बुधबार हाँस्यकलाकार राजा राजेन्द्रले प्रस्तुति गरेका थिए भने बिहीबार सिस्नोपानी नेपालसहित कलाकार मनोज गजुरेलले प्रस्तुति दिए ।
रंगशालामा निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेेश्यले आयोजना गरिएको महायज्ञ २६ गतेसम्म चल्ने छ ।
झडै तीन अर्बको लागतमा बन्न लागेको रंगशालाको ड्रेनऐजको काम सकेर प्याराफिटको पिल्लरको काम भैरहेको छ । साथैं, पिचको कामसमेत अघि बढेको छ ।
प्रतिक्रिया 4