+
+

कोरोना संक्रमित तीन हजारभन्दा बढी उपचारपछि घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १५:५७

२७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले ‘अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको नोवेल कोरोना भाइरसबाट संक्रमित ३ हजार ४६६ जना उपचारपछि घर फर्किएका छन् । सोमबार मध्यान्हसम्ममा ३ हजार ४२२ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् ।

थाइल्याण्डका ३२ मध्ये १० जनालाई चिकित्सकले घर फर्कन अनुमति दिएका हुन । एक/एक जना संक्रमित रहेका श्रीलंका, कम्बोडिया र फिनल्याण्डका बिरामी पनि निको भइसकेका छन् ।

नेपालमा चीनबाट फर्किएका एक जनामा यसको संक्रमण देखिएको थियो ।

९१० को मृत्यु

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण ९१० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  फिलिपिन्स र हङकङका एक/एक जनाको ज्यान गएको छ भने बाँकी मृतक सबै चीनका हुन् ।

२८ देशमा पुगेको यो भाइरसबाट ४० हजार ६२८ जना संक्रमित भइसकेका छन् । उनीहरू मध्ये साढे ६ हजार मात्रै गम्भीर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?