+
+

माइतीघर मण्डलामा पुस्तक पढेर विरोध !

चन्द्र आले चन्द्र आले
२०७६ माघ २७ गते १७:००

२७ माघ, काठमाडौं । सरकारले विदेशबाट आयात गरिने पुस्तकमा अतिरिक्त कर लगाएको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

पुस्तकप्रेमीहरुले सोमबार दिउँसो माइतीघरमा पुस्तक पढेर करको विरोध गराएका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुृस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो । अहिले यही कर विवादका कारण विदेशबाट आयात हुने पुस्तक भन्सारमा रोकिएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो ।

पुस्तकप्रेमीले पुस्तकलाई करमुक्त बनाउन माग गर्दै हस्ताक्षर संकलन पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?