+
+

विप्लव समूहका स्याङ्जा इन्चार्ज नेकपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १६:५४

१ फागुन, गोरखा । नेत्रबिक्रम चन्द विप्लव समूहका स्याङजा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पाण्डेलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराए ।

पाण्डेले अहिले हतियारसहितको युद्ध आवश्यक नरहेको बताए । ‘जनआन्दोलनले स्थापना गरेको संघीय गणतन्त्र नेपाल नै ठीक छ,’ उनले भने, ‘यसलाई टेकेर समृद्ध नेपाल बनाउन सक्छौं ।’

बन्दुक भन्दा सहमति र समझदारी आवश्यक रहेको भन्दै बन्दुकको आन्दोलन नगर्न उनले विप्लवलाई सुझाव दिए । गण्डकी गाउँपालिका–४ फुजेल घर भएका पाण्डे विप्लव समूहको गोरखा जिल्लाका पूर्वसेक्रेटरीसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?