+
+

पर्सा गोल्डकपमा वीरगञ्ज युथ क्लब विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते २०:४६

३ फागुन, वीरगञ्ज । पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा वीरगञ्ज युथ क्लबले बिजयी सुरुवात गरेको छ । थारुवान ११ रौतहटलाई १–० गोल अन्तरले हराउँदै वीरगञ्ज युथ क्लब अघिल्लो चरणमा प्रवेश गरेको हो ।

खेलको ४९ औं मिनेटमा वीरगञ्जका म्याक्सले गोल गरेका थिए ।

म्यान अफ द म्याच रौतहटका सन्देश चौधरी घोषित भए । उनलाई पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादबले एक हजार एक सय रुपयाँ नगद र ट्रफी प्रदान गरे ।

प्रतियोगितामा सोमबार एफ सी सिमरा र नेपाल खेलकुद क्लब चपुरबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा बिजेता टिमलाई नगद एक लाख उपविजेताले टिमले नगद ५० हजारसहित प्रमाण पत्र पाउने आयोजक पर्सागढी युवा स्पोर्टसका अध्यक्ष यामबहादुर थापाले बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?