Comments Add Comment

कार्तिक र साराको ‘लभ आजकल’को कमजोर व्यापार, खराब समिक्षा

नायक कार्तिक आर्यन र नायिका साराअली खान यूवापुस्तामाझ लोकप्रिय छन् । यी दुई कलाकार एउटै फ्रेममा देखिदा दर्शकका लागि राम्रो उपहार हुनसक्छ । तर, निरन्तर कमजोर कथामा चलचित्र निर्देशन गर्दै आएका निर्देशक इम्तियाज अलीको कथा भन्ने शैलीको शिकारमा यी दुई स्टार पनि परेका छन् ।

यी दुइले अभिनय गरेको चलचित्र ‘लभ आजकल’ शुक्रबारदेखि रिलिज भैरहेको छ । प्रेम दिवसको अवसर पारेर रिलिज भएकाले पनि यसको ओपनिङ आक्रामक थियो । शुक्रबार मात्र यो चलचित्रले १२.४० करोडको व्यापार गरेको थियो । तर, चलचित्रको वर्ड अफ माउथ निकै नै खराब आएकाले यसको व्यापारमा ओरालो लागेको छ । शनिबार चलचित्रले ८.०१ करोडको व्यापार गर्यो ।

आइतबारको बिदाको दिन चलचित्रको व्यापार बढ्ने अपेक्षा थियो । तर, आइतबार चलचित्रले ८.१० करोडको मात्र व्यापार गरेको छ । समग्रमा चलचित्रलाई दर्शकले नरुचाएको यसको व्यापारिक ग्राफबाट पनि वुझ्न सकिन्छ ।

चलचित्र बक्स अफिसमा नराम्रोसँग पिटिने देखिएको छ । लगातार २ चलचित्र हिट दिएर बलिउडमा चम्किएकी नायिका साराअली खानका लागि तेश्रो प्रोजेक्टमा आइपुग्दा झट्का लाग्ने निश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment