+
+

पूर्वसांसद भागवत ज्ञवालीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १२:१३

६ फागुन, बुटवल । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको हो ।

ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य थिए ।

ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु ।’

ज्ञवालीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?