+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

भक्तपुरमा बस र टिपर बायाँ लेनमा मात्र चलाउन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते २०:३५

११ फागुन, काठमाडौं । कोटेश्वरमा हुने सवारी चाप न्यूनिकरण गर्न ट्राफिक प्रहरीले नयाँ प्रावधान अघि सारेको छ ।

सूर्यविनायक–जडिबुटी सडक-खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधानहरु बायाँ लेनबाट मात्र कुदाउने नियम लागू गर्न लागिएको हो ।

दाहिने लेनबाट भने निजी तथा साना सवारीसाधन मात्रै गुड्नेछन् । यो प्रावधान १४ फागुनदेखि लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले बुझाएको प्रतिवेदनका आधारमा यो नियम लागू गर्न लागिएको हो ।

यो प्रावधानले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा उल्लेख्य सुधार हुनसक्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?