+
+

पूर्वमन्त्री श्रेष्ठ र पन्तविरुद्ध १५ दिने म्याद जारी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १९:४१

११ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । आइतबार श्रेष्ठसहित २० जनाको नाममा हद म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले श्रेष्ठसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो माग दाबी गरेको छ । यस्तै, उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार आठ वर्षदेखि दशवर्षसम्म कैद सजाय हुनुपर्ने अदुअआले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

श्रेष्ठ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

अर्का पूर्वमन्त्री छविराज पन्तलाई पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने गरी म्याद जारी गरेको छ । पन्तले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिव भएका बेलामा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ ।

विशेष अदालतले अदुअआले ललिता निवास प्रकरणमा १७५ प्रतिवादी बनाएका मध्ये ५४ जनालाई उपस्थित हुन १५ दिने म्याद जारी गरेको हो ।

ललिता निवासको १३६ रोपनी सरकारी÷सावर्जनक जग्गा हिनामिना गरेको भन्दै अदुअआले गत माघ २२ गते ११० जनालाई कैद सजाय र विगो माग तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?