+
+

शिक्षकको तलब निकासा गर्दा प्रअले मागे घुस

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १६:१७

१५ फागुन, काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् ।

शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम निकासाका लागि प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

सोही उजुरीको आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटेको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका-१ मा रहेको एनएमबी बैंक नौमुले शाखाबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रअ सिंहलाई आयोगको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?