+
+

पोखरा उडेको यतीको विमान आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते ११:२०
फाइल तस्वीर

२२ फागुन, काठमाडौं । यती एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

बिहीबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानको इन्डिकेटरमा समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्राविधिक समस्या आएपछि विमानलाई फर्काएर अवतरण गरिएको बताए ।

‘इन्डिकेटरले काम नगरेको शंका लागेमा पाइलटले जोखिम लिँदैनन्, आज त्यही भएको हो,’ प्रवक्ता कर्णले अनलाइनखबरसँग भने ।

अवतरणपछि प्राविधिक परीक्षण गर्दा विमानमा खराबी नरहेको भेटिएको छ । लगत्तै विमान गन्तव्यतर्फ उडेको कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?