Comments Add Comment

फुडमान्डुमा साइबर हमला, ३० हजार ग्राहकको विवरण चोरियो

२५ फागुन, काठमाडौं । अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ । कम्पनीले भने संख्या त्यो भन्दा कम भएको दावी गरेको छ ।

शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने कम्पनीका संस्थापक मनहर अधिकारीले बताए ।

‘हाम्रो सानो कमजोरी पत्ता लगाएर ह्याकरले साइबर हमला गरेछ, हामीले त्यसको एक घण्टापछि मात्रै थाहा पायौं,’ उनले भने,’ग्राहकको व्यक्तिगत विवरणप्रति हामी जिम्मेवार र संवेदनशील हुँदा हुँदै घटना भयो, यसले हामीलाई दुखित बनाएको छ ।’

उनले यो आक्रमणले कम्पनीलाई धक्का लागेको पनि बताए ।

कम्पनीले एक विज्ञप्ति जारी गरेर आफ्नो कमजोरी सच्याइएको बताएको छ । चेारिएको व्यक्तिगत विवरणहरु ह्याकरले एक वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ ।

हमलाबारेको जानकारी प्रहरीको साइबर अपराध डिभिजनमा पनि गराएको फुडमान्डुले जनाएको छ ।  घटनापछि पनि फुडमान्डुले सेवा भने जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment