+
+

गाँजा मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते १८:३९

२६ फागुन, काठमाडौं ।  बारा प्रहरीले लागूऔषध गाँजा मुद्दामा ६ वर्षदेखि फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका–५ बस्ने ३५ वर्षीय अच्छेलाल चौधरी  रहेका छन् ।

लागूऔषध गाँजा मुद्दामा दोषी ठहर गर्दै चौधरीविरुद्ध बारा जिल्ला अदालतले २०७० माघ २० गते २ वर्ष ३ महिना कैद र १० हजार जरीवानाको फैसला सुनाएको थियो ।

त्यसबेलादेखि नै फरार चौधरीलाई इलाका प्रहरी कार्यालय कोल्हबीको टोलीले सोमबार पक्राउ गरेको हो ।

अदालतको आदेशले चौधरीलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्जमा पठाइसकिएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?