+
+

टोम हान्क्सलाई कोरोना भाइरसको संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १२:२१

हलिउड नायक टोम हान्क्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना संक्रमण देखिएको छ । उनीहरु आफैले बुधबार बेलुकी यो कुराको जानकारी गराएका छन् ।

उनीहरुले जनतालाई कोरोना भाइरसको बिषयमा सचेत रहन र ध्यान दिनका लागि आग्रह गरेका छन् । अहिले यो जोडी अष्ट्रेलियामा छन् । उनीहरु अहिले एक नयाँ चलचित्रको छायांकनमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनीहरुले परिक्षण गर्नु अगाडि शरीर दुख्ने, जाडो हुने लक्षण महशुश गरेका थिए । यसपछि, उनीहरुले परिक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

हान्क्सले सामाजिक संजालमा लेखेका छन्–‘नमस्कार, म र रीता अहिले अष्ट्रेलियामा छौ । हामीले थकित महशुश गर्यौ, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो । यसपछि हामीले कोरोना भाइरस परिक्षण गर्यौ । जुन पोजेटिभ देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?