+
+

कोरोना संक्रमण रोक्न एनआरएनए अध्यक्ष पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते २०:१५

४ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघले कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको छ ।

संघको आइतबार बसेको पदाधिकारी बैठकले उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधारलाई राख्ने निर्णय पनि गरेको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञसहितको सो समितिका अन्य सदस्यमा डा. सञ्जीव सापकोटा (अमेरिका),  डा. डोरन रसाइली (क्यानाडा), प्रा. पदम सिम्खडा (युके), डा. रमेशकुमार खोजु (युके), डा. सन्तोष सापकोटा (अमेरिका), डा. सत्यमान राजभण्डारी (युके), डा. कुश श्रेष्ठ (अष्ट्रेलिया), डा. पुरु श्रेष्ठ (अमेरिका), डा. अलनी सुवेदी (पोल्याण्ड), डा. श्रवणकुमार मिश्र (नेपाल), डा. शक्ति चौरसिया (नेपाल), डा. हेमराज शर्मा (युके) र डा. हेमन्त दवाडी (नेपाल) रहेका छन् ।

समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने अध्यक्ष पन्तले बताए ।

समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरोना संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलव्ध गराउनेलगायतका विषयमा केन्द्रित रहेर काम गर्ने बताएको छ ।

संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन् । संघले यसअघि आफ्ना शाखालाई नोवल कोरोन भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसकेको छ । एनआरएनएले आगामी ३ महिनाभित्रका लागि तय भएका सबै औपाचारिक कार्यक्रम रद्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?