
चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति चैत्र २८ लाई तोकिएको छ । चलचित्रको छायांकन प्रारम्भ भएदेखि नै यसले चर्चा पाइरहेको छ । यसअघिका २ सिरिजका कारण पनि यसको तेश्रो सिरिजको चर्चा बढेको हो ।
यसैविच, चलचित्रकी मुख्य नायिका सुपुष्पा भट्टका केही बोल्ड तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ । जहाँ, सुपुष्पा विकिनी अवतारमा देखिन्छिन् ।
स्विमिङ पूलमा विकिनी अवतारमा देखिएकी सुपुष्पाको यो अवतारले पनि दर्शकमा उनको भूमिकालाई लिएर कौतुहलता जाग्न सक्छ । यसअघिका सिरिजमा नायिका विनिता बराल र परमिता आर एल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए । यसपटक, सुपुष्पालाई निर्माणपक्षले बोल्ड अवतारमा उतारेको छ ।
अर्जुन कुमार निर्मित यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्र ‘रणवीर’ गाउँकी सोझी यूवतीको भूमिकामा देखिएकी सुपुष्पा ‘चपली हाइट ३’मा आइपुग्दा बोल्ड बनेकी छिन् ।
प्रतिक्रिया 4