+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

हवाईसेवा बन्द भएपछि धनगढीबाट नमूना पठाउन समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १२:२०

१२ चैत, धनगढी । सरकारले गरेको लकडाउनका कारण कोरोना आशंका गरिएको व्यक्तिको खकार परीक्षणको नमूना काठमाडौंमा पठाउन समस्या भएको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यहाँ विमानस्थल समेत बन्द छ। जसका कारण विरामीको नमूना काठमाडौं पुर्याउन समस्या भइरहेको छ।

दुई दिनअघिसम्म कोरोना आशंका गरिएका व्यक्तिको खकारको नमूना सेती प्रादेशिक अस्पतालले सुदूर प्रदेश जनस्वास्थ्य प्रयोगशाला तारानगरलाई पठाएको थियो ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाले त्यो नमूना हवाईजहाज मार्फत काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको थियो ।

तर लकडाउनका कारण हिँजोदेखि हवाईसेवा समेत बन्द भएका कारण कोरोनाको आशंका गरिएका व्यक्तिको रगत, खकार लगायतका नमूना काठमाडौं पठाउन समस्या भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले बताइन् ।

हालसम्म सेती प्रादेशिक अस्पतालबाट प्राप्त १४ जना व्यक्तिको रक्त नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको निमित्त निर्देशक सापकोटाले जानकारी दिइन् ।

चार जनाको नमूना लिएको र त्यो पठाउन नसकिएको सेती प्रादेशिक अस्पताल इमर्जेन्सी बिभाजन प्रमुख जगदीश जोशीले बताए । ‘४ जनाको नमूना लिएर  पठाउन सकिएको छैन,’ उनले भने, ‘अझै ४-५ जनाको नमूना लिनुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?