Comments Add Comment

लकडाउनमा एनआईसी एशियाको प्रादेशिक तथा उपप्रादेशिक ग्राहक सहायता केन्द्र

१६ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकका समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ।

यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङसम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्ने बैंकले जनाएको छ।

प्रदेश १ मा रहेका ग्राहकले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नेछन्।

यसैगरी विराटनगरसहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकले फोन गरी बैंकिङ समस्या समाधान गर्न सक्ने बैंकले जनाएको छ।

यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ समस्याको समाधान गर्न सक्ने छन्।

यसका साथै ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्नसमेत बैंकले अनुरोध गरेको छ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङलगायत विद्युतीय बैंकिङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानी निःशुल्क गरिसकेको छ। उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ।

ग्राहकले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन्।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

तल उल्लेख ग्राहक सहायता केन्द्रहरु सम्पर्क गरी ससमस्या समाधान गर्न सकिनेछ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment