
१९ चैत, काठमाडौं । भुक्तानी सेवा प्रदायक इ-सेवाले ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इ-सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ ।
नगदरहित समाज निर्माणको लागि ‘आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौं’ भन्ने अभियानअन्तर्गत् इ-सेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउनका लागि यो अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत् इ-सेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरहरूलाई इ-सेवा चलाउन सिकाउन सकिने छ ।
इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको हो।’
इ-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इ-सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ-सेवामा सहजै रकमजम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रतिक्रिया 4