+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सहकारी दिवसको अवसरमा कोरोना नियन्त्रण केन्द्र स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १५:१६

२० चैत्र, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीबार कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सञ्चालन गरेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रको बिहीबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले शुभारम्भ गरिन् ।

शुभारम्भका क्रममा मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको दिवसकै दिन केन्द्रको स्थापना गरिएको बताइन् ।

लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै मन्त्री अर्यालले यसबाट जनतामा केही अप्ठ्यारो परे पनि कालान्तरमा फाइदा पुग्ने भएकाले नआत्तिन आग्रह गरिन् ।

केन्द्रको स्थापनासँगै भेन्टिलेटर, पीपीईलगायतका सामग्रीसमेत बिहीबार नै हस्तान्तरण गरिएको छ ।

कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा केन्द्रको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक ओमदेवी मल्लले बताइन् ।

कार्यक्रममा मन्त्री अर्यालसहित मन्त्रालयका सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?