+
+

माछापुच्छ्रे बैङ्कद्वारा कोरोना भाइरसविरूद्ध लड्न १ करोड ६ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २०:११

२० चैत, काठमाडौं । माछापुच्छ्रे बैङ्क विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न एक करोड छ लाख रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ।

बैङ्क कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाई ५/५ लाख रुपैयाँका दरले कुल ३५ लाख रकम सहयोग गरिसकेको छ ।

चैत्र २० गते बिहीबार सातवटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५/५ लाख रुपैयाँका दरले कुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो ।

यसअघि बैङ्क आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौं र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानीट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो ।

साथै, स्थानीय निकायहरुको समन्वयमा बैङ्कले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो। उक्त कार्यहरुमा बैङ्क २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

बैंकले कोरोनाविरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक करोड छ लाख सहयोग गरेको हो । बैङ्किङ क्षेत्र अत्यावश्यक क्षेत्रअन्तर्गत् पर्ने भएको हुनाले माछापुच्छ्रे बैङ्कले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ ।

साथै, बैङ्कले भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैङ्किङ कारोबारका लागि बैङ्कले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैमा आग्रह गरेको छ ।

साथै बैङ्क प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने हुँदा नगद कारोबारलाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहकमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?