+
+

सप्तरीका ६ ठाउँमा आगलागी, पाँच लाख बढी क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते ९:१६

२३ चैत, सप्तरी । सप्तरीका विभिन्न ६ स्थानीय तहमा भएको आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति भएको छ । आगलागीमा परेर तीनवटा गाईसहित विभिन्न पशुचौपायाको मृत्यु भएको छ ।

शनिबार साँझ र राति कञ्चनरुप, बोदे बर्साइन, डाक्नेश्वरी, खड्क, सुरुङ्गा नगरपालिका र रुपनी गाउँपालिकामा आगलागी भएको हो ।

कञ्चनरुप नगरपालिका-१ मलकोरमा भएको आगलागीबाट तीन वटा गाई जलेका छन् । ५२ वर्षीय अनवरुल शेखले लामखुट्टे धपाउन गोठमा बालेको घुरबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।

आगलागीले सोही ठाउँका अगनु शेखको गोठमा रहेका तीनवटा खसी र पाँचवटा कुखुरा पनि जलेका छन् ।

डाक्नेश्वरी नगरपालिका-९ निवासी राजलाल मेहताको गोठमा विद्युतको तार सर्ट भइ आगलागी हुँदा गोठ र गोठभित्र रहेको अन्नपातसमेत जलेर नष्ट भएको छ ।

डाक्नेश्वरीकै वडा नम्बर ३ का जिवरी, अजिज र सुदिनको खाली खेतमा राखेको एक/एक गरी तीनवटा परालको टालमा आगलागी हुँदा २० हजार बराबरको क्षति भएको छ ।

बोदेबर्साई नगरपालिका-९ सिमराहा टोल बस्ने बेचन मण्डलको गोठमा, वडानम्बर ६ फुलकाही बस्ने राम सेवक ठाकुर, सिया ठाकुर, ब्रम्हदेव ठाकुर, धर्मदेव ठाकुर र इन्द्र ठाकुरको एक/एकवटा परालको टालमा आगलागी भएको छ ।

खड्क नगरपालिका-५ खोजपुरका लक्ष्मी नारायण साहको १० कठ्ठा खेतमा लगाएको गँहुमा, सुरुङ्गा नगरपालिका-३ दौलतपुरस्थित सत्य नारायण चौधरीको तीनवटा परालको टालमा र रुपनी गाउँपालिका-४ छपकी बस्ने महेन्द्र मलाहको फुसको गोठमा आगलागी हुँदा परालको टालसमेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?