Comments Add Comment

जर्मनीमा एक लाखभन्दा बढीमा कोरोना संक्रमण

२४ चैत, काठमाडौं । जर्मनीमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार जर्मनीमा समग्र संक्रमितको संख्या एक लाख १२३ पुगेको छ ।

अहिलेसम्म जर्मनीमा एक हजार ५८४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । साथै २८ हजार सात सय संक्रमित निको भएका छन् ।

आइतबार मात्र जर्मनीमा चार हजारभन्दा धेरै संक्रमित थपिएका थिए भने १४० जनाको यो भाइरसको कारण मृत्यु भएको थियो ।

चीनको वुहानबाट फैलिएको यो भाइरसको महामारी अहिले अमेरिका र यूरोपेली मुलुकमा फैलिएको छ । जर्मनी भाइरसबाट प्रभावित हुने चौथो सबैभन्दा ठूलो मुलुक हो ।

कोरोनाबाट सबैभन्दा प्रभावित हुने मुलुकमा अमेरिका, स्पेन र इटालीपछि जर्मनी छ । तर, जर्मनीमा यो भाइरसबाट हुने मृत्युदर भने अन्य मुलुकको तुलनामा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment