Comments Add Comment

आगन्तुकलाई संक्रमणरहित बनाउने एउटा ‘गेट’

२७ चैत, काठमाडौं । भारतको केरलामा रहेको एउटा अस्पतालले त्यहाँ प्रवेश गर्ने मानिसहरूलाई  संक्रमणबाट मुक्त बनाउने डिसइन्फेक्सन गेटवे तयार पारेको छ । स्यानिटाइजर र समय समयमा हात धुने चलन धेरै झण्झटिलो भएपछि उक्त अस्पतालमा प्रवेश गर्ने जो कोही पनि यही गेटमा प्रवेश गरेर मात्रै छिर्न सक्ने व्यवस्था गरिएको हो ।

केरलको चित्रा तिरुनाल इन्स्टिच्युट अफ मेडिकल साइन्समा अहिले एउटा चित्रा डिसइन्फेक्सन गेटवेको स्थापना गरिएको छ । जसमा अस्पताल प्रवेश गर्ने जोकोहीलाई पनि त्यसमा प्रवेश गराइन्छ ।

जब कुनैपनि व्यक्ति एउटा सो डिस्फेक्सन गेटमा प्रवेश गर्छ । ऊ एकछिन कुहिरोले घेरिएको संसारमा पुगेको अनुभव गर्न पुग्छ । त्यसरी देखिने कुहिरो हाइड्रो अक्साइडको हो ।

यसले शरीर र छालालाई कुनैपनि असर गर्दैन । कुनै एलर्जी र गन्ध पनि आउँदैन । केवल पाँच सेकेण्ड कुहिरोको अनुभव गरेपछि उनीहरु बाहिरी संक्रमणबाट मुक्त हुने अस्पतालका अधिकारीहरु बताउँछन् ।

चित्र तिरुनल मेडिकल साइन्सेस, तिरुअनन्तपुरमका निर्देशक डा. आशा किशोर भन्छन् ’जब व्यक्ति यसअन्तर्गत जान्छ । उसले पाँच सेकेन्डसम्म हल्का कुहिरो महसुस गर्छ । तर, त्यहाँ ओसिलोपन, गन्ध र एलर्जी हुनेछैन ।

यसका बारे इन्स्टिच्युटका वैज्ञानिक र इन्जिनियर जतिन कृष्णन भन्छन्, “यो स्वचालित मेसिनले स्वचालित रूपमा कोही ढोका मुनी आएको नआएको पत्ता लगाएर हाइड्रोजन अक्साइड छाड्न सुरु गर्छ ।’

कृष्णन भन्छन्, ‘जब कुनैपनि व्यक्ति मेसिनको साथमा पुग्छ । त्यसपछि मेसिनले अल्ट्राभायोलेट किरण छाड्न सुरु गर्छ । जसले गेटवे संक्रमणबाट मुक्त हुनेछ ।’

४० सेकेण्डमा डिसइन्फेक्ट

यो सम्पूर्ण प्रकृया केवल ४० मिनेटमा सम्पन्न हुनेछ । यति छोटो समयमा नै हाइड्रोजन अक्साइडको साथ, व्यक्तिको शरीर, हात र कपडा समेत संक्रमणबाट मुक्त हुनेछ । पराबैजनी किरणको कारणले गेटवे चेम्बर समेत संक्रमण मुक्त हुने इन्स्टिच्युटको दाबी छ ।

कति लाग्छ खर्च

यसको लागि कम्तीमा १० हजार रुपैयाँ लाग्ने बताइएको छ । बढी खर्च लाग्दा पनि यसमा २५ हजारभन्दा धेरै लाग्न नहुने बताइएको छ । यो मेसिनमा बसेर संक्रमण मुक्त भएपछि मात्रै ती व्यक्तिहरुलाई मेटल डिटेक्टरमा प्रवेश दिने गरिन्छ ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment