+
+

भारतमा कोरोनाबाट २३९ को मृत्यु, सात हजारभन्दा बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते ११:५७

२९ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार अहिले भारतमा समग्र संक्रमितको संख्या पनि सात हजार चार सय ४७ पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् ।

महाराष्ट्रमा एक हजार पाँच सय ७४ संक्रमित देखिएका छन् । त्यस्तै तामिलनाडुमा नौ सय ११ र दिल्लीमा संक्रमितको संख्या नौ सय तीन पुगेको छ । अहिलेसम्म भारतमा छ सय ४२ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?