Comments Add Comment

प्राक–क्रिडा : रोमाञ्चक यौन–जीवनका लागि

दम्पतीहरु चाहन्छन्, यौन–क्रियाबाट बढी भन्दा बढी सन्तुष्ट प्राप्त सकियोस् । यौन जीवन रोमाञ्चक र आनन्ददायक होस् । तर, दम्पतीले चाहे जसरी उनीहरुको यौन–जीवन ठीकठाक ढंगले चलिरहेको नहुन सक्छ । किनपनि यस्तो हुन्छ भने, यौन क्रियामा उनीहरुको तयारी र उपस्थिती नपुग्नु ।

यौन जीवनबाट मनग्ये रोमाञ्चकता लिनका लागि केही सर्त पालना गर्नुपर्छ ।

एक, यौन क्रियाका लागि श्रीमान र श्रीमती दुबैको मुड एवं मनस्थिती हुनुपर्छ ।

दुई, यौन क्रियाका लागि समय र स्थान यस्तो हुनुपर्छ, जहाँ निर्धक्क हुन सकियोस् ।

तीन,  यौन क्रियाका लागि श्रीमान र श्रीमती दुबैको उपस्थिती र सक्रियत आवश्यक हुन्छ ।

चार, यौन क्रियाका लागि दुबैको भावनात्मक पहल हुनुपर्छ ।

पाँच, एउटै आसन उचित हुँदैन, अनेक आसन बदल्नुपर्छ ।

तर, यतिमात्र पनि काफी छैन । यौन क्रियालाई रोमाञ्चक बनाउनका लागि पूर्व तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ ।

अक्सर दम्पती यौन क्रिया भन्नसाथ शारीरिक क्रियालाई मात्र बुझ्छन् । उनीहरु अनुकुलता मिल्नसाथ शारीरिक क्रिया गर्न हतारिन्छन् । तर, यसमा भावनात्मक उपस्थिती र तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ ।

किनभने यौन क्रिया सुरु गर्नुअघि दुबैजना उत्तेजनाको एउटा चरणमा पुग्नुपर्छ । त्यसपछि गरिने यौन  क्रियाबाट मात्र भरपुर अनन्द उठाउन सकिन्छ । यौन क्रिया गर्नुअघिको तयारीलाई पाकक्रिडा भनिन्छ । अंग्रेजीमा फोरप्ले ।

पाकक्रिडा

यौन क्रियाको पूर्व तयारी हो, पाकक्रिडा । पाकक्रिडाको आ–आफ्नै तौर तरिका छन् । पाकक्रिडाको आवश्यक्ता किनपनि छ भने पुरुष र महिला एकसाथ यौनका लागि उत्तेजित हुँदैनन् । पुरुष उत्तेजित हुँदा महिलामा त्यस्तो उत्तेजनाको अवस्था सुरु भइसकेको हुँदैन । महिलामा उत्तेजना सुरु हुँदै गर्दा पुरुष शिथिल भइसकेका हुनसक्छन् । त्यसैले उत्तेजनाको तालमेल मिलाउन पनि पाकक्रिडा आवश्यक हुन्छ ।

पाकक्रिडा दम्पतीले यौनजन्य कुराकानीबाट सुरु गर्न सक्छन् । किनभने यौन क्रियामा मानसिक तयारी पहिलो आवश्यक्ता हो । त्यसपछि उनीहरुले एकअर्कालाई स्पर्श गर्ने, चुम्बन गर्ने जस्ता क्रियाहरु गर्न सक्छन् । संवेदनशिल अंग चलाउने लगायतका गतिविधिबाट उनीहरुमा यौन उत्तेजना जाग्छ ।

एकअर्काबीच खुल्ने

श्रीमती र श्रीमानले यौन सम्पर्कका लागि खुलेर कुराकानी गर्नुपर्छ । उनीहरुमा केही समस्या वा कुनै असुविधा छ भने त्यसको जानकारी गराउन सक्छन् । खासगरी महिलाहरुमा विभिन्न किसिमका प्रजनन समस्या हुन्छ । यस्तो अवस्थामा पनि यौन क्रिया पीडादायक बन्न पुग्छ । त्यही पीडाको कारण उनीहरु यौन क्रियामा सहजै सहभागी नहुन सक्छन् । जबकी श्रीमानमा यसले आशंका पैदा गर्न सक्छ ।

त्यसैले आफ्नो समस्या छ भने त्यसलाई खुलेर व्यक्त गर्नु उचित हुन्छ ।

साथै दम्पतीले एकअर्कालाई मनपर्ने आसन, क्रियाबारे पनि संवाद गर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment