+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डिलाशैनीका दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते १३:३१

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पुर्याउने भएको छ ।

जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए । दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पुर्याउने व्यवस्था गर्न लागिएको हो ।

प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकको तथ्याङ्क सङ्कलन गरिने र त्यसपछि गाउँपालिकाले औषधि खरिद गरेर घरघरमा पुर्याउने नाथको भनाइ छ ।

लकडाउन अवधिभर नियमित औषधि सेवन गरिरहेकाहरुका लागि यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा उसको नजिकको परिवारको सदस्यको रु १० लाखको बीमा गरिदिने निर्णय गरेको छ । उसका आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिकाअन्तर्गतका कर्मचारीको १० दिनको तलबकट्टा गरी जमा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णयसमेत भएको प्रवक्ता रानाले जानकारी दिए ।

यस्तै कोरोना भाइरस रोकथामका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए ।

डेरामा बस्ने विद्यार्थीलाई खाद्यान्न

बैतडीको दोगडाकेदारस्थित चनैराज माध्यमिक विद्यालयले डेरा गरी बस्ने विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरेको छ । विद्यालयमा आइएस्सी एजीमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कैलाशकुमार भट्टले जानकारी दिए ।

विभिन्न जिल्लाबाट डेरा गरेर बसेका विद्यार्थीलाई जारी लकडाउनका कारण समस्या भएपछि विद्यालयले खाद्यान्न वितरण गरेको हो । डेरा गरी बसेका नौ विद्यार्थीलाई प्रतिविद्यार्थी १० केजी चामल, दुई केजी दाल, दुई केजी आलु, एक केजी नुन र एक लिटर तेल वितरण गरेको विद्यालयले जनाएको छ । समास्यामा परेमा विद्यार्थीलाई कतैबाट सहयोग नभएपछि उनीहरुलाई सहयोग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम भट्टले जानकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?