+
+

भ्रष्टाचारविरुद्ध एक हजार डलर पुरस्कारको कविता प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १५:३४

८ वैशाख, काठमाडौं । हेम सरिता पाठक फाउण्डेसनले विश्वव्यापी कोरोना महामारीकै बीच भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको फाउण्डेसनले एक हजार डलर राशीको पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गरेको हो ।

कविताको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्ने फाउण्डेसनले जनाएको छ । बढीमा दुई सय शब्दका कवितालाई प्रतियोगितामा सामेल गरिने र जेठ ३० गतेसम्म कविताहरु इमेलबाट लिइने आयोजकले जनाएको छ ।

पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको संग्रह प्रकाशित गरिने फाउण्डेसनका संरक्षक हेम पाठकले बताए ।

अमेरिकाको टेक्सासमा बस्दै आएका पाठक दम्पत्तिले हरेक वर्ष प्रतिष्ठानबाट भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएका छन् ।
फाउण्डेशनले विभिन्न ठाउँमा विद्यालय भवन बनाउने तथा असहाय बालबालिकाको अध्ययनमा सघाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?