+

टोकियो ओलम्पिकका लागि खेलाडीको तयारी खर्चमा २५.३ मिलियन डलर वृद्धि

२०७७ वैशाख  १५ गते १८:५१ २०७७ वैशाख १५ गते १८:५१
टोकियो ओलम्पिकका लागि खेलाडीको तयारी खर्चमा २५.३ मिलियन डलर वृद्धि

१५ वैशाख काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको लागि खेलाडीको तयारी खर्च र सहभागिमा रकममा वृद्धि गरेको छ । यसै वर्ष जुलाई अगष्टमा हुने तय भएको ओलम्पिक एक वर्षपछि अर्थात २०२१ मा सरेको छ ।

त्यसैले आईओसीले खेलाडीको खर्चमा आईओसीले २५.३ मिलियन डलर वृद्धि गर्ने निर्णय गरेको हो । आईओसीले विज्ञप्ति सार्वजनिक गर्दै प्रतियोगिता सरेपछि तयारी खर्च पनि बढेको भन्दै खेलाडीको तयारी र सहभागिता खर्चका राष्ट्रिय ओलम्पिक कमिटीलाई २५ मिलियन भन्दा बढी डलर थप गरेको हो ।

यस निर्णयले राष्ट्रिय ओलम्पिक कमिटीहरुलाई अतिरिक्त रुपमा लाग्ने खर्चमा सहयोग पुग्ने आइओसीले जनाएको छ ।

आईओसीले ओलम्पिक सोलिडारीटी बजेट १५ मिलियन बढाएको हो । जसले १८५ देशका १६ सय खेलाडीको तयारीमा सहयोग पुग्ने आइओसीले जनाएको छ । यस्तै १०.३ मिलियन डलर भने ओलम्पिक सरेकोले राष्ट्रिय ओलम्पिक कमिटीको खर्चका लागि छुट्टयाइएको हो ।

टोकियो ओलम्पिक २०२० जुलाई २५ देखि अगष्ट ९ सम्म आयोजना गर्ने तय भए पनि कोरोना भाइरसको संक्रमणका कारण एक वर्षपछि अर्थात २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म हुने गरी सरेको हो ।

ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय