+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते ११:३४

१८ वैशाख, काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।

जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?