+
+

बंगलादेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १७:०७

२२ वैशाख, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार एक सय ४३ पुगेको हो । पछिल्लो २४ घण्टामा बंगलादेशमा छ सय ८८ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै, बंगलादेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा पाँच जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो केही दिनयता बंगलादेशमा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?