
बलिउड अभिनेता ऋतिक रोशनले चलचित्र ‘अग्नीपथ’को रिमेकमा काम गरेका थिए । तर, ऋतिक अब कुनै पनि रिमेक चलचित्रमा काम गर्ने मुडमा छैनन् ।
नायक ऋतिक रोशनलाई केही समय अगाडि उनको नजिकको साथी फराह खानले चलचित्र ‘सत्ते पे सत्ते’को रिमेकका लागि अफर गरेकी थिइन् । तर, फराहलाई ऋतिकले चलचित्रमा काम नगर्ने बताइसकेका छन् ।
बलिउड मिडियाका अनुसार ऋतिक नयाँ कथामा काम गर्न चाहन्छन् । पहिला बनिसकेको कथामा उनी दोहोरिएर काम गर्न चाहादैनन् ।
उनलाई दुई हिरो भएको चलचित्रको पनि अफर आइरहेको छ । तर, ‘वार’मा नायक टाइगर श्राफसँग काम गरेका ऋतिकले दुई हिरो भएको चलचित्रमा काम गर्ने पक्षमा पनि छैनन् । ‘वार’ गत बर्षको सर्वाधिक कमाई गर्ने चलचित्र हो ।
ऋतिकलाई चलचित्र ‘दि बर्निङ ट्रेन’का लागि अफर आएको चर्चा थियो । तर, ऋतिकले यो चलचित्रमा काम नगर्ने बताइसकेका छन् । यो चलचित्रमा ऋतिकले काम गर्ने खबर पूर्ण रुपमा झुटो रहेको उनको सहयोगीले भारतीय मिडियालाई बताएका छन् ।
प्रतिक्रिया 4