२५ वैशाख, काठमाडौं । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेशनअघि बिहीबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ ।
प्रयोगशालामा गरिने परीक्षणका लागि बिहीबार सांसदहरुको संघीय संसद भवनमा स्वाब संकलन गरिएको छ ।
बिहीबार प्रतिनिधिसभा सदस्य १७९ र राष्ट्रियसभा सदस्य ३३ जनाको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको छ । सांसदबाहेक संसद सचिवालयका कर्मचारीहरुको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
शुक्रबार दिउँसो ४ बजे सुरु हुने संसद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।
सांसदहरुको स्वाब संकलनका लागि विहान १० बजेदेखि २ बजेसम्मको समय तोकिएको थियो । कोरोना परीणका लागि स्वाबको नमुना दिन शीर्ष नेताहरु बिहीबार संसद भवनमा पुगेका थिए ।
बिहीबार दिइएको स्वाबको नतिजा शुक्रबार विहान आउने जनाइएको छ ।
हेर्नुहोस् तस्वीरहरु