
२६ वैशाख, कैलाली । कञ्चनपुरमा १५ वर्षकी किशोरीमाथि बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।
किशोरीलाई ५० रुपैयाँ दिई बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्नभन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ ।
पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए । `५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ´ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।´
वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4