+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संक्रमित स्वास्थ्यकर्मीले रेफर गरेकी महिला धरानमा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १९:३१

५ जेठ, विराटनगर । कोरोना संक्रमित स्वास्थ्यकर्मीले जाँच गरेको महिला भर्ना भएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा अतिरिक्त सावधानी अपनाइएको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी ३४ वर्षीया नर्सले स्वास्थ्य जाँच गरी रेफर गरेको खुलेपछि बिपीको प्रसुति वार्डमा अतिरिक्त सावधानी अपनाइएको हो ।

धनकुटाबाट रेफर भएर आएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नआएसम्मका लागि सावधानी अपनाइएको विपी कोइराला विज्ञान प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

‘धनकुटाबाट रेफर भएकी महिलाको नमुना संकलन गरेका छौं’ उनले भने ‘रिपोर्ट नआएसम्मका लागि अतिरिक्त सावधानी अपनाएका छौं ।’

जिल्ला अस्पताल धनकुटाबाट ती महिलालाई थप उपचारका लागि शुक्रबार प्रतिष्ठान भर्ना गरिएको थियो । महिलालाई धनकुटामा कोरोना संक्रमित नर्सले उपचार गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?