
६ जेठ, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका-३ का मोहन चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4