+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्र बैङ्कले उठायो करिब डेढ खर्ब आन्तरिक ऋण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते ८:५०

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये करिब डेढ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ। राष्ट्र बैङ्कले एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

भट्टका अनुसार यसका अतिरिक्त केही दिनभित्रै थप ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्दैछ । चार अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट उठाउन लागिएको उनले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो ।

एक अर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैङ्कले कार्यतालिका नै बनाएको छ । चैत महिनामा मात्रै राष्ट्र बैङ्कले साढे ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको बताएको छ ।

चैतमा २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन गरेको थियो भने ३० अर्बको विकास ऋणपत्र जारी गरेर ५५ अर्ब ४० करोड रुपैयाँ उठाएको राष्ट्र बैङ्कले बताएको छ ।

कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१.२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचत पत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचत पत्रमार्फत उठाउने राष्ट्र बैङ्कले कार्यतालिकामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?