+
+

मुम्बईमा कोरोना संक्रमित आमाहरूबाट जन्मिए सयभन्दा बढी बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १५:५२

८ जेठ, काठमाडौं । भारतको मुम्बईस्थित एक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित आमाहरूबाट एक सयभन्दा धेरै बच्चाको जन्म भएको छ । मुम्बइको कोभिड अस्पताल लोकमान्य तीलक म्युनिसिपल हस्पिटलमा गत महिना जन्मिएका १ सय १५ मध्ये तीनजनामा सुरुमा कोरोना भाइरको संक्रमण देखिएको थियो । तर, उनीहरु पछि निको भएका थिए । अन्य दुई संक्रमित गर्भवती महिलाको बच्चा जन्मिनुभन्दा पहिला नै मृत्यु भएको थियो ।

अहिलेसम्म मुम्बईमा २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ८४० जनाको मृत्यु भइसकेको छ । भारतको कोरोना भाइरस महामारीको केन्द्र बनेको मुम्बईमा कोरोना संक्रमित आमाबाट जन्मिएका बच्चाहरुको स्वास्थ्य अवस्था भने राम्रो रहेको बताइएको छ ।

अहिले उक्त अस्पतालमा ६५ डाक्टरहरु र दुई दर्जन नर्सहरुले संक्रमित आमाहरुको उपचार गरिरहेका छन् । पछिल्लो समय संक्रमित आमाहरुको संख्या बढेसँगै अस्पतालले आफ्नो क्षमता पनि बढाएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?