+
+

विराटनगरमा संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १४:४६

९ जेठ, विराटनगर । विराटनगरका दुईजना कोरोना संक्रमितको सम्पर्कमा पुगेका १२० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकाहरु र विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी गरी १२० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

विराटनगर १५ घर भएका ३६ वर्षका विराटनगर महानगरपालिकाका कर्मचारी र विराटनगर ६ कि २९ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको घर आसपासका मानिस र विराटनगर महानगरका सफाइ कर्मचारीसहित जम्मा १२० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?