+
+

ठोरीका बासिन्दालाई काठमाडौंमा राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १९:१३

१३ जेठ, काठमाडौं । काठमाडौंमा रहेका ठोरीका बासिन्दालाई एक सामाजिक संस्थाले राहत उपलब्ध गराएको छ ।

विभिन्न पेशा, व्यवसाय तथा अध्ययनको सिलसिलामा काठमाडौमा बस्दै आएकालाई ठोरी नागरिक समाजले राहत उपलब्ध गराएको हो ।

विशेष गरेर ज्याला मजदुरी गर्ने पीडित परिवारहरुको खोजी कार्य गरी उनीहरुलाई खाद्य सामग्री उपलब्ध गराएको काठमाडौं बस्दै आएका नागरिक समाजका देव श्रेष्ठले बताए ।

समाजसेवी श्रेष्ठका अनुसार, प्रभावित १० परिवारले खाद्यान्न अभाव भएको जानकारी फोनमार्फत गराएपछि उनीहरूको कोठासम्म राहत पुर्‍याउने गरिएको छ ।

वैशाख २० गतेदेखि नियमित रूपमा काठमाडौंमा रहेका लकडाउन प्रभावित परिवारलाई राहत उपलब्ध गराउँदै आएको उनले बताए । अहिलेसम्म ४३ पीडित परिवारको कोठासम्म राहत पुर्‍याउने काम भएको र खाद्यान्न अभाव भएमा पुनः खबर गर्न आग्रह गर्दै आइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?